Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जसपाको चेतावनी : नागरिकता विधेयक रोके सडक र सदन दुवै तताउछौं

जसपाको चेतावनी : नागरिकता विधेयक रोके सडक र सदन दुवै तताउछौं

  • बुधवार, फाल्गुण ३ २०७९

  • 270
    SHARES

  • जसपाको चेतावनी : नागरिकता विधेयक रोके सडक र सदन दुवै तताउछौं

    काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालले नागरिकता विधेयक रोके सडक र सदन तताउने जसपाको चेतावनी दिएको छ। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै जसपाका सांसद प्रदीप यादवले सरकारले नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिनुभएको हो।

    उहाँले आवाज विहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न गर्नुभएको थियो। उहाँले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गर्नुभयो।

    उहाँले कुनैपनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिनुभयो। संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको सांसद यादवले बताउनुभयो ।


    बुधवार, फाल्गुण ३ २०७९०२:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij