Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रोड सेफ्टी काउन्सिल आवश्यक छ : योगेश भट्टराई

रोड सेफ्टी काउन्सिल आवश्यक छ : योगेश भट्टराई

  • बुधवार, फाल्गुण ३ २०७९

  • 341
    SHARES

  • रोड सेफ्टी काउन्सिल आवश्यक छ : योगेश भट्टराई

    काठमाडौं। नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

    आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको र रोड सेफ्टी एक्सन प्लान,२०२१ लाई अघि बढाउनुपर्ने आवश्यकता भइसकेको उल्लेख गर्नुभयो ।

    सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्न पनि जरुरी रहेको बताउनुभयो।

    भट्टराईले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताउनुभयो । यस्तै सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राख्नुभयो ।


    बुधवार, फाल्गुण ३ २०७९०२:३२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij