काठमाडौं। मधेश प्रदेशको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरोध गरेको छ ।संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने भन्ने विषयमा जवाफ नपाएको भन्दै कांग्रेसले बैठक अबरुद्ध गरेको हो ।
संसदीय दलमा अतिथिलाई मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताएपछि बैठक अबरुद्ध भएको हो । प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ।
यता सभामुख रामचन्द्र मण्डलले तपाईको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गर्नुभएको थियो । त्यसपछि कांग्रेसका एक सांसदले सभामुखको उक्त कुराको विरोध गरे लगत्तै प्रदेशसभा बैठक स्थगित गरिएको छ ।