काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाउनुभएको छ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको भन्दै भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय रहेको बताउनुभएको छ ।
नेताहरुमा शक्ति राष्ट्रको मान्छेको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको पनि केसीले बताउनुभयो। अध्यक्ष केसीले नेपालको राष्ट्रपति चुनावलाई लक्षित गरी विदेशीहरुको भ्रमण भइरहेको पनि जिकिर गर्नुभयो।
यस्ता विषयमा पहिले शक्ति राष्ट्रहरुको हस्तक्षेप अप्रत्यक्ष रुपले हुने भए पनि अहिले त प्रत्यक्ष नै देखिएको दावी गर्नुभयो।