Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्ति पार्टीको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न दिदैँनौ

नागरिक उन्मुक्ति पार्टीको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न दिदैँनौ

  • बुधवार, फाल्गुण ३ २०७९

  • 335
    SHARES

  • नागरिक उन्मुक्ति पार्टीको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न दिदैँनौ

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ। आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गर्नुभयो ।

    अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीको चेतावनी छ । ‘लाल अयोग जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन’ उहाँले भन्नुभयो ।

    तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो ।

    टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।


    बुधवार, फाल्गुण ३ २०७९०१:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij