Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

निलम्बित सांसद अरुण चौधरी अदालतमा उपस्थित

निलम्बित सांसद अरुण चौधरी अदालतमा उपस्थित

  • बुधवार, फाल्गुण ३ २०७९

  • 259
    SHARES

  • निलम्बित सांसद अरुण चौधरी अदालतमा उपस्थित

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई अदालतमा उपस्थित गराइएको छ । १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर भएर कैलाली कारागारमा रहेका उनलाई आज अदालत उपस्थित गराईएको हो ।

    उच्च अदालत दिपायलमा चौधरीले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा बयान दिन चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको जनाएमो छ । जिल्ला अदालतबाट चौधरीले भचुअल विधिबाट उच्च अदालत दिपायलमा बयान दिने श्रेस्तेदार रइभान कुन्जेडाले जानकारी दिनुभयो ।

    कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो । उनले आफूलाई रिहाइको माग गर्दै २२ माघमा उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । सोही रिटको सुनुवाइका लागि चौधरीलाई अदालतमा उपस्थित गराईएको छ।


    बुधवार, फाल्गुण ३ २०७९०१:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij