काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट भए बर्बाद हुने दाबी गर्नुभएको छ।आज पोखरामा समाजवादी प्रेस संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेलाई राष्ट्रपति दिनै नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा अध्यक्ष पनि एमालेकै, सभामुख पनि एमालेकै अनि राष्ट्रपति पनि दिए बर्बाद हुन्छ,’। राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार नहुने प्रस्ट पार्दै नेपालले सन्तुलनसहितको राष्ट्रिय सहमतिकै राष्ट्रपति हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले अहिलेको सरकार खिचडी भएको संज्ञा दिनुभयो । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवर्तनको पक्षधर भएको हुँदा खुसी लागेको भन्दै प्रशंसा गर्नुभयो ।