Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राप्रपाले राजावादी एजेण्डा ‘सामन्ती प्रेत' व्युँताउन खोज्यो : शंकर पोखरेल

राप्रपाले राजावादी एजेण्डा ‘सामन्ती प्रेत' व्युँताउन खोज्यो : शंकर पोखरेल

  • मंगलवार, फाल्गुण २ २०७९

  • 398
    SHARES

  • राप्रपाले राजावादी एजेण्डा ‘सामन्ती प्रेत' व्युँताउन खोज्यो : शंकर पोखरेल

    काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्ती प्रेतलाई फेरि व्युँताउन खोजिएको आरोप लगाउनुभएको छ।

    अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको राजावादी एजेण्डा सामन्ती प्रेत भएको र त्यही मसानघाटमा पुगेको सामन्ती प्रेतलाई फेरि व्युँताउने प्रयास गरेको आरोप लगाउनुभयो। तर आँफुहरु गणतन्त्रलाई संस्थागत गर्न पहरेदारका रूपमा प्रस्तुत हुने बताउनुभयो ।

    यस्तै उहाँले आजको राजनीति अवसरवादबाट आक्रान्त रहेको भन्दै अवसरवादलाई परास्त गर्न जरुरी रहेको बताउनुभयो। उनले यथास्थितिका पक्षमा रहेका नागरिक समाजविरुद्व अनेरास्ववियु वैचारिक र राजनीतिकरूपमा खडा हुन जरुरी रहेको बताए।

    उहाँले पाँच दलीय गठबन्धनले पनि जनताको जनादेश प्राप्त गर्न नसकेको र एमालेलाई घेराबन्दी गर्ने पर्यत्न गरिएको आरोप लगाउदै परिणामका हिसाबले दोस्रो पार्टी बनेपनि जनताको रोजाइले पहिलो पार्टी दावी गर्नुभयो ।


    मंगलवार, फाल्गुण २ २०७९०४:५३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij