Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन भत्किने ओलीको संकेत : सचेत रहन कार्यकर्तालाई सर्कुलर

सत्ता गठबन्धन भत्किने ओलीको संकेत : सचेत रहन कार्यकर्तालाई सर्कुलर

  • मंगलवार, फाल्गुण २ २०७९

  • 466
    SHARES

  • सत्ता गठबन्धन भत्किने ओलीको संकेत : सचेत रहन कार्यकर्तालाई सर्कुलर

    काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडिने सक्ने संकेत गर्नुभएको छ। अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावअघिको पाँच दलीय सत्तारुढ गठबन्धन फुटाउन र नयाँ सरकार बनाउन सफल भएपनि फेरी गठबन्धन फेरिने अवस्था रहेको संकेत गर्नुभएको हो ।

    देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै त्यस्तो डकैति हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको भन्दै ओलीले भन्नुभयो,‘यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ’।

    उहाँले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि रहेको बताउनुभयो। ‘राष्ट्रियताको रक्षकको प्रतिनिधि एमाले हो। समृद्ध नेपाल सुखी नेपाली हाम्रो आकांक्षा हो। यो हाम्रो गन्तव्य हो। हाम्रो दृष्टिकोण यसका निम्ति स्पष्ट छ’ उहाँले भन्नुभयो ।


    मंगलवार, फाल्गुण २ २०७९०४:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij