Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपा बैठक सुरु, चितवन २ उपनिर्वाचनसहित यी एजेण्डामा हुँदैछ छलफल

रास्वपा बैठक सुरु, चितवन २ उपनिर्वाचनसहित यी एजेण्डामा हुँदैछ छलफल

  • सोमवार, फाल्गुण १ २०७९

  • 283
    SHARES

  • रास्वपा बैठक सुरु, चितवन २ उपनिर्वाचनसहित यी एजेण्डामा हुँदैछ छलफल

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा आज दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

    महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गर्नुभएको छ। बुर्लाकोटीका अनुसार रास्वपाले आज चितवन २ मा हुने उपनिर्वाचन, समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।

    बैशाख १० मा चितवन २ मा हुने उपनिर्वाचनमा पार्टिबाट उठाउने उमेद्वारको पनि टुंगो लगाउदै छ। सम्भवतः आजको बैठकले पार्टि सभापति रवी लामिछानेलाई नै उमेद्वारको निर्णय गर्नेछ ।

    यसअघि पनि लामिछाने नै सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो तर नागरिकता विवादका कारण उहाँको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। यस्तै रास्वपाले आजको बैठकबाट केन्द्रीय समिति बढाउने तयारी गरेको छ। अहिले २४ सदस्यीय केन्द्रीय कमिटी रहेको रास्वपाले यसलाई केदी सदस्यहरु थप्ने तयारी गरेको हो ।


    सोमवार, फाल्गुण १ २०७९०४:२८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij