Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई चिन्दिनँ भनेपछि एलिना चौहानको आलोचना

रवि लामिछानेलाई चिन्दिनँ भनेपछि एलिना चौहानको आलोचना

  • सोमवार, फाल्गुण १ २०७९

  • 752
    SHARES

  • रवि लामिछानेलाई चिन्दिनँ भनेपछि एलिना चौहानको आलोचना

    काठमाडौं । चर्चित गायिका एलिना चौहान यतिबेला फेरि चर्चामा छाएकी छन् । अहिलेको चर्चाको विषय कुनै गीत संगीत नभएर एक अन्तर्वार्ता भएको छ । आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।

    मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले सबै तिर छाएका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन् । कतिपयले उनले उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर समेत व्यङ्ग्य गरिरहेका छन् । कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन् । कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनिरहेकी छन् ।

    कार्यक्रममा चौहानले अभिनेता अनमोल केसीलाई ह्याण्डसम हिरो र साम्राज्ञी राज्य लक्ष्मीलाई राम्री हिरोइनको रूपमा समेत चर्चा गरिन् । कार्यक्रममा सुवेदीले कलाकारिता, राजनीतिक र खेलकुद क्षेत्रका केही व्यक्तिहरूको तस्बिर समेत चिन्न लगाएका थिए । जसमा उनले धेरैलाई चिनेकी थिइन् । एलिना पछिल्लो समय गीत ‘धोकेबाज’ को कारणले चर्चामा छिन् ।


    सोमवार, फाल्गुण १ २०७९०३:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij