Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जनयुद्ध राष्ट्रकै सम्पत्ति हो : प्रधानमन्त्री ‘प्रचण्ड’

जनयुद्ध राष्ट्रकै सम्पत्ति हो : प्रधानमन्त्री ‘प्रचण्ड’

  • सोमवार, फाल्गुण १ २०७९

  • 273
    SHARES

  • जनयुद्ध  राष्ट्रकै सम्पत्ति हो  : प्रधानमन्त्री  ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ।२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले वैधानिक तवरले जनयुद्धलाई स्थापित गर्न ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको हो।

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताउनु भयो ।

    सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने उल्लेख गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कैयौं कोणबाट प्रश्न उठाउने कोसिस भइरहेका भन्दै उहाँले परिवर्तनको औचित्य सिद्ध गर्नका लागि दृढताका साथ अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।

    उहाँले माओवादी आन्दोलनका विभिन्न धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्दै आफैंले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएकोले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास लिनुभयो।


    सोमवार, फाल्गुण १ २०७९०१:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij