Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

  • सोमवार, फाल्गुण १ २०७९

  • 281
    SHARES

  • भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै
    काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ काठमाडौं आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी छ ।
     
    संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टिभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । आज र भोलि नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ ।
     
    लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ताको वर्षौँ पुरानो विवाद समाधानका लागि दुवै देशबाट पहल नभइरहेको बेला परराष्ट्र सचिवस्तरीय बैठक हुन लागेको हो । तर बैठकमा सीमा समस्याका विषयमा छलफल हुने या नहुने भन्ने टुङ्गो छैन । 


    सोमवार, फाल्गुण १ २०७९०८:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij