काठमाडौँ । भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डे नेपाल आउन लाग्नुभएको छ । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लाग्नुभएको हो । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आउनुभएको थियो। उहाँले त्यसबेला मानार्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्कनुभएको थियो ।
नेपाल र भारतका सेना अध्यक्षहरू एक अर्का देशका मानार्थ सेनापति हुने परम्परा रहँदै आएको छ । सो पदवी लिन उहाँ यसअघि नेपाल आउनुभएको थियो । उहाँका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउँदै छन् ।