Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

  • आइतवार, माघ २९ २०७९

  • 238
    SHARES

  • लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

    काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुँदै छ। प्रदेश राजधानी दाङमा आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

    मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन्।

    यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता ऋषिराम पन्थीद्वारा हस्ताक्षर विज्ञप्तिमा गिरीसहित १० सदस्यीय मन्त्रिमण्डल विस्तार गरिएको जानकारी गराइएको छ।


    आइतवार, माघ २९ २०७९०९:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij