Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको कुटपिटको सर्वत्र आलोचना, चिकित्सक संघ आन्दोलित(खासखबर)

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको कुटपिटको सर्वत्र आलोचना, चिकित्सक संघ आन्दोलित(खासखबर)

  • शनिवार, माघ २८ २०७९

  • 426
    SHARES

  • राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको कुटपिटको सर्वत्र आलोचना, चिकित्सक संघ आन्दोलित(खासखबर)

    काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोध र टीकाटिप्पणी भइरहेको छ। हिजो संसद्मा राष्ट्रपतिको रूपमा सम्बोधन गर्न जाँदा र फर्कँदा सडक खाली गराएपछि र चिकित्सकमाथि कुटपिट भएपछि राष्ट्रपति भण्डारी अहिले सर्वसाधारणको आलोचनाको केन्द्रमा पर्नुभएको हो ।

    राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको भन्दै अहिले आलोचना भइरहेको हो । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नुपर्ने सम्मको आवाज उठेको छ ।राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा जनताले जहिले पनि निकै सास्ती पाएको जनगुनासो जनजाहेरै छ ।

    अर्कोतर्फ भने सवारी सुरक्षामा चुनौती दिनेलाई नियन्त्रणमा लिनु स्वाभाविक भएको तर्क पनि आएका छन् । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीका कारण जनताले निकै सास्ती पाएको औँल्याउँदै गरिब देशका राष्ट्रपतिलाई तामझाम किन गर्नुप¥यो भन्दै प्रश्न गर्नुहुन्छ ।

    उहाँले राष्ट्रपतिमा उपयुक्त पात्र चयन नभए गणतन्त्र बदनाम हुने पनि औंल्याउनु भएको छ । ‘राष्ट्रपति गरिमामय पद हो । गणतन्त्र बिडारीले यसो भनिरहँदा नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले राष्ट्रपतिको सवारी सुरक्षामा चुनौती दिनेलाई नियन्त्रणमा लिनु स्वाभाविक भएको भन्दै आतेजातेमा हिजो जे चलन थियो, त्यही फलो गरिएको दाबी गर्नुहुन्छ । उहाँले हिजोको घटनालाई फन्डा र भ्रम फैलाउने काम भएको पनि दाबी गर्नुभएको छ ।

    हिजोको घटनापछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गर्नुभएको छ ।उहाँले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनका लागि सडक खाली गराएर नागरिकलाई घन्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको भन्दै शैली बदल्नुपर्ने बताउनु भएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा हिजो सम्बोधन गर्न जाने क्रममा सुरक्षामा खटिएका वरिष्ठ प्रहरी हवलदार शम्भु गुरुङले ड्युटीमा हिँडेका ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गरेका थिए। चिकित्सकहरूले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । उनीहरूले हिजो नै कुटपिट गर्नेलाई तत्काल कारबाहीको माग गरेका थिए ।

    आज वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले डा. सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरे । दबाब पछि आजै डाक्टरमाथि हातपात गर्ने प्रहरी अधिकारी शम्भु गुरुङ निलम्बित भएका हुन् । नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको बताउँदै थप अनुसन्धान हुने बताउनु भएको छ ।

    यसैगरि, चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको छ । अति विशिष्टको सवारीमा नागरिकले जहिले पनि सडकमा सास्ती पाएको कुरा सत्य हो । हरेक पटक सवारीको समयलाई सहज बनाउन छलफल त हुन्छ । तर कार्यान्वयन भने कहिल्यै हुँदैन ।

     


    शनिवार, माघ २८ २०७९०८:२५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij