Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियतामाथि नै चौतर्फी आक्रमण छः मन्त्री लिङदेन

राष्ट्रियतामाथि नै चौतर्फी आक्रमण छः मन्त्री लिङदेन

  • शनिवार, माघ २८ २०७९

  • 285
    SHARES

  • राष्ट्रियतामाथि नै चौतर्फी आक्रमण छः मन्त्री लिङदेन

    काठमाडौं।  उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताउनुभएको छ। आजबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    राप्रपाका अध्यक्ष समेत रहनुभएका मन्त्री लिङदेनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको र नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताउनु भयो ।

    उहाँले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताउनु भयो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासन हीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएकोले यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । यस्तै उहाँले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गर्नुभयो ।


    शनिवार, माघ २८ २०७९०५:५१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij