Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति कार्यालयमा सुरु भयो,सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज

राष्ट्रपति कार्यालयमा सुरु भयो,सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज

  • शनिवार, माघ २८ २०७९

  • 285
    SHARES

  • राष्ट्रपति कार्यालयमा सुरु भयो,सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज

    काठमाडौं। राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गर्नुभएको हो । राष्ट्रपति कार्यालय शितल निवासमा आज दिउँसो साढे ३ बजेदेखि कार्यक्रम सुरु भएको शितल निवास स्रोतले जानकारी दिएको छ ।

    कार्यक्रमको सुरुमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने, त्यसपछि सांस्कृतिक कार्यक्रम गर्ने र साँझ रात्रीभोज गर्ने कार्यतालिका तय छ।

    कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवत्ता लिलाकान्त पौडेलले जानकारी दिनुभयो।राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ बर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाउनुभएको छ।

    उहाँको कार्याकाल आगामी फागुन २८ गते सकिदै छ । त्यसपूर्व फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागी निर्वाचन हुँदैछ। विदा हुने तरखरमा रहनुभएकी राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गर्नुभएको हो ।


    शनिवार, माघ २८ २०७९०४:२३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij