Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमालेको सुदूरपश्चिमबाट सेन्टिफ्ल्याट सुरु भयो : माधव नेपाल

एमालेको सुदूरपश्चिमबाट सेन्टिफ्ल्याट सुरु भयो : माधव नेपाल

  • शनिवार, माघ २८ २०७९

  • 354
    SHARES

  • एमालेको सुदूरपश्चिमबाट सेन्टिफ्ल्याट सुरु भयो : माधव नेपाल

    काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका सबै नेताहरु राष्ट्रपति हुन पाउँछु भनेर दङ्ग परेको बताउनुभएको छ।आज काठमाडौँमा एक कार्यक्रम सम्बोधन गर्दै उहाँले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दङ्ग परेको टिप्पणी गर्नुभएको हो ।

    उहाँलेले एमालेले अतितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउने बताउनुभयो। आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको बताउनुभयो ।

    उहाँले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको भन्दै आफ्नो पार्टी सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गर्नुभयो ।

    अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेकोले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेलेको दाबी पनि गर्नुभयो ।


    शनिवार, माघ २८ २०७९०४:१२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij