Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गगन थापाको गुनासो : राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो

गगन थापाको गुनासो : राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो

  • शनिवार, माघ २८ २०७९

  • 267
    SHARES

  • गगन थापाको गुनासो : राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति जनताको धारणा नकारात्मक बन्दै गएको बताउनुभएको छ ।

    हिजो राष्ट्रपतिको सवारीका बेला निस्किएका ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेता थापाले राष्ट्रपति एउटा व्यक्ति नभएर सम्मानित संस्था भएकाले त्यसको गरिमा जोगाउन अब विधि र प्रोटोकल बदल्नुपर्ने बताउनुभयो ।

    एक विज्ञप्ति जारी गर्दै नेता थापाले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि–२०७७ लगायतका यस्ता विधि र प्रोटोकल बदल्न अनुरोध गर्नुभएको हो ।

    उहाँले भन्नुभएको छ, ‘राष्ट्रपति एउटा व्यक्ति होइन, संस्था हो। यो सम्मानित संस्थाप्रति नागरिकको नकारात्मक धारण बन्दै गएको छ। यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं।’

    उहाँले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने बनाउन पनि थापाले माग गर्नुभयो ।


    शनिवार, माघ २८ २०७९०२:३९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij