काठमाडौं। लुम्बिनी सरकारका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनुभएको छ। मन्त्री केसीले आज विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनुभएको माओवादीले जानकारी दिएको छ ।
स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिनुभएको हो। मन्त्री केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्नुभएको थियो तर उहाँलाई आन्तरिक मामिला, कानुनमन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको बताईएको छ ।
आफूले पाउनुपर्ने मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा बुझाएको माओवादी निकट स्रोतले बताएको छ। भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ। मुख्यमन्त्री गिरीले भोलीका लागी मन्त्रिपरिषद विस्तारको तयारी अगाडी बढाउनुभएको छ ।