Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

डाक्टर कुट्ने प्रहरी अधिकारी निलम्बित

डाक्टर कुट्ने प्रहरी अधिकारी निलम्बित

  • शनिवार, माघ २८ २०७९

  • 381
    SHARES

  • डाक्टर कुट्ने प्रहरी अधिकारी निलम्बित

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डाक्टर कुट्ने प्रहरि अधिकारी निलम्बित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा हिजो सम्बोधन गर्न जाने क्रममा सुरक्षामा खटिएका वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङले ड्युटीमा हिडेका ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गरेका थिए।

    गुरुङ्गको लाठी प्रहारबाट डा. सिंह घाईते भएका थिए। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो,‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ। अब उहाँमाथि थप अनुसन्धान हुन्छ।’ गुरुङले डा सिंहलाई वीर अस्पताल अगाडी कुटपिट गरेका हुन्।

    यससँगै आज वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले डा. सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरेका छन् । उनिहरुले ड्युटीमा खटिएका डा. कुट्ने प्रहरी अधिकारी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् ।


    शनिवार, माघ २८ २०७९०२:१२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij