Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पुर्पक्षका लागि थुनामा गएका सांसद निलम्बन नहुने

पुर्पक्षका लागि थुनामा गएका सांसद निलम्बन नहुने

  • शुक्रवार, माघ २७ २०७९

  • 403
    SHARES

  • पुर्पक्षका लागि थुनामा गएका सांसद निलम्बन नहुने

    काठमाडौं। फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगरिने भएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति जुटेको हो।

    आज बसेको समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई निलम्बन नगर्ने विषयमा सहमति जुटेको हो। कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एसको विरोधकाबीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो ।

    राप्रपा र जसपालगायतका मधेसवादी दलहरू भने कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडानमा रहेका थिए। कांग्रेस, माओवादी र नेकपा एसका सांसदले निलम्बनको व्यवस्था नराख्ने हो भने सांसदलाई कानुन लाग्दैन, सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने सन्देश जाने बताएका थिए।

    मस्यौदामा जुटेको सहमतिअनुसार नियमावाली संसद्‍बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदहरूले पनि संसद्को लोगो लगाउन पाउनेछन्।


    शुक्रवार, माघ २७ २०७९०४:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij