Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यी चार कम्युनिष्ट पार्टीले एकता गर्ने

यी चार कम्युनिष्ट पार्टीले एकता गर्ने

  • शुक्रवार, माघ २७ २०७९

  • 443
    SHARES

  • यी चार कम्युनिष्ट पार्टीले एकता गर्ने

    काठमाडौं । सरकार बाहिर रहेका चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने विषयमा छलफल गरेका छन् ।

    नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आज भेटेर औपचारिक छलफल गरेका हुन् ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने जानकारी गराएका छन्।

    विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीको हालै सकिएको केन्द्रीय कमिटी बैठकले समाजवादलाई अधार बनाएर विचार मिल्नेहरुसँग एकता गर्ने निर्णय गरेको थियो ।

    Four-Communist-party-meeting_Release.jpg


    शुक्रवार, माघ २७ २०७९०३:१०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij