Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देउवालाई माधव नेपालले भने : उपराष्ट्रपति दिनुस् , राष्ट्रपतिमा सघाउँछौं

देउवालाई माधव नेपालले भने : उपराष्ट्रपति दिनुस् , राष्ट्रपतिमा सघाउँछौं

  • शुक्रवार, माघ २७ २०७९

  • 456
    SHARES

  • देउवालाई माधव नेपालले भने : उपराष्ट्रपति दिनुस् , राष्ट्रपतिमा सघाउँछौं

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न अध्यक्ष नेपाल देउवा निवास धुम्बाराही पुग्नुभएको थियो।

    दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका साथै आगामी राष्ट्रपति निर्वाचन र उपराष्ट्रति निर्वाचनका विषयमा छलफल भएको छ।देउवाले नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने र त्यसमा सहयोग गर्न अध्यक्ष नेपाललाई आग्रह गर्नुभएको छ।

    जवाफमा नेपालले पार्टीमा छलफल गरेर कांग्रेसले राष्ट्रपतिमा उठाएको उमेदवारलाई सहयोग र समर्थन गर्ने उपराष्ट्रपतिमा भने आफ्नो पार्टीको दावी रहने बताउनुभयो ।

    उपराष्ट्रपतिमा माओवादी केन्द्रलेसमेत दावी गर्दै आएकाले यस विषयमा थप छलफल गरेर निश्कर्षमा पुग्ने देउवाले जवाफ दिनुभयो । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। सत्ता गठबन्धन र सत्ता बाहिरका दलहरु अहिले छलफलमा जुटेका छन्।


    शुक्रवार, माघ २७ २०७९०२:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij