काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बन्ने हुनुभएको छ । उहाँलाई आज मन्त्री बनाउने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको हो ।
बाजुराबाट प्रत्यक्ष निर्वाचित शाहीलाई आजै मुख्यमन्त्री कमल शाहले मन्त्रीमा नियुक्त गर्नुहुनेछ । उहाँको मन्त्रालय निश्चित नभए पनि नेकपा एकीकृत समाजवादीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाबी गरेको छ ।
मुख्यमन्त्री शाहले नेकपा एसका शाही र कांग्रेसबाट थप एकजनालाई मन्त्रीमा नियुक्त गर्नुहुनेछ। कांग्रेसबाट भने प्रकाश देउवा मन्त्री बन्ने पक्कापक्की भइसकेको छ ।
आज प्रदेश प्रमुख देवराज जोशीले साढे तीन बजे मुख्यमन्त्री शाहलाई शपथ गराउनुहुनेछ। त्यसलगत्तै दुई मन्त्री नियुक्त गर्ने जनाइएको छ ।