Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड हो महाधिवेशन: समीक्षा बास्कोटा

रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड हो महाधिवेशन: समीक्षा बास्कोटा

  • शुक्रवार, माघ २७ २०७९

  • 286
    SHARES

  • रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड हो महाधिवेशन: समीक्षा बास्कोटा

    काठमाडौं। विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झापड भएको बताउनु भएको छ।

    आजदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताउनुभयो ।

    स्थानीय चुनावमा नराम्रो हार व्यहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछी झण्डै तीन महिना नेतृत्वबिहीन भएको विवेकशील साझामा बास्कोटा अध्यक्ष बन्नुभएको थियो। त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको पनि उहाँले सुनाउनु भयो ।

    प्रतिबद्धताअनुसार ६ महिनाभित्र महाधिवेशन गर्न पनि सफल भएको भन्दै उहाँले यो पूर्व अध्यक्ष मिश्रका लागि ठूलो झापड भएको बताउनुभयो । ‘हारिसकेको मान्छेलाई किन हराउने ? काम गरेर देखाउँ, यो नै उहाँका लागि झपड हुन्छ,’ अध्यक्ष बास्कोटाले भन्नुभयो।


    शुक्रवार, माघ २७ २०७९०२:१०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij