Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चन्द्र भण्डारीको ठोकुवा : यी नेताबाट देश बन्दै बन्दैन

चन्द्र भण्डारीको ठोकुवा : यी नेताबाट देश बन्दै बन्दैन

  • शुक्रवार, माघ २७ २०७९

  • 444
    SHARES

  • चन्द्र भण्डारीको ठोकुवा : यी नेताबाट देश बन्दै बन्दैन

    काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेसम्म सत्तामा बसेका नेताहरुबाट मुलुक नबन्ने ठोकुवा गर्नुभएको छ । विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले आज यस्तो बताउनुभएको हो ।

    उहाँले नेपालको राजनीतिमा समयअनुसारका मुद्दा उठाउन नसकेको स्वीकार्दै त्यसकारण अहिलेसम्म देश बनाउने अधिकार पाएका नेताहरुलाई विदाई गर्न जरुरी रहेको पनि बताउनुभयो ।

    ‘हामीले समयअनुसारका मुद्दा उठाउन सकेनौं त्यसकारण अब अहिलेसम्म प्राप्त व्यक्तिहरु, जसले अधिकार प्राप्त गर्नुभयो, मुलुक बनाउने जिम्मा लिनुभयो उहाँहरुबाट मुलुक बन्दैन र उहाँहरुलाई विदा नगरी मुलुक अघि पनि बढ्दैन’, भण्डारीको भनाइ छ ।

    हरेक पार्टीमा त्यसका लागि लडाई गर्न जरुरी रहेको भन्दै उहाँले अहिलेका नेताबाट मुलुक बन्दैन भनेर आफ्नै पार्टीमा पनि भनिसकेको बताउनुभयो ।


    शुक्रवार, माघ २७ २०७९०१:२८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij