Aug 14 2026 | २०८३, श्रावण २९ गते

२०८३, श्रावण २९ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा : यस्तो थियो कारण

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा : यस्तो थियो कारण

  • शुक्रवार, माघ २७ २०७९

  • 339
    SHARES

  • त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा : यस्तो थियो कारण

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको अडियो सामग्री प्राप्त भएपछि निलम्बन गरिएको हो ।

    सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उहाँले बताउनुभयो । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ।

    ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए । यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।


    शुक्रवार, माघ २७ २०७९०१:१७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij