Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमालेका यी चार नेतालाई तोकियो नयाँ जिम्मेवारी

एमालेका यी चार नेतालाई तोकियो नयाँ जिम्मेवारी

  • बिहिवार, माघ २६ २०७९

  • 476
    SHARES

  • एमालेका यी चार नेतालाई तोकियो नयाँ जिम्मेवारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले ४ नेताहरुलाई नयाँ जिम्मेवारी तोकेको छ ।आज बसेको केन्द्रीय सचिवालय बैठकले नेताहरु राजेन्द्र गौतम, विन्दा पाण्डे, पार्वत गुरुङ र शीला यादवलाई नयाँ जिम्मेवारी तोकिएको एमालेले जानकारी दिएको छ। जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १ को इन्चार्जमा चयन गरेको छ।

    यसअघिको इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकाले उहाँको ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो। त्यस्तै घनश्याम भुसालका कारण रिक्त रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ ।

    बैठकले बालकृष्ण ढुंगेलको निधनका कारण रिक्त भएको अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएका कारण रिक्त रहेको धनुषा इन्चार्जमा शीला यादवलाई जिम्मेवारी दिएको हो ।


    बिहिवार, माघ २६ २०७९०५:१६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij