Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विवेकशील साझाको पहिलो महाधिवेशन भोलिदेखि , यी नेता अध्यक्षका आकांक्षी

विवेकशील साझाको पहिलो महाधिवेशन भोलिदेखि , यी नेता अध्यक्षका आकांक्षी

  • बिहिवार, माघ २६ २०७९

  • 277
    SHARES

  • विवेकशील साझाको पहिलो महाधिवेशन भोलिदेखि , यी नेता अध्यक्षका आकांक्षी

    काठमाडौं।विवेकशील साझा पार्टीले भोलिदेखी आफ्नो पहिलो महाधिवेशन सुरू गर्दैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि बिहान १० बजे सुरु हुने महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टी र नेताहरूलाई पनि निम्तो दिएको साझाले जनाएको छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो।

    विवेकशील साझाले पूर्वअध्यक्षसमेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा निम्ता दिएको छैन।राप्रपालाई नै निम्तो नदिएको पार्टीले जनाएको छ। यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले जनाएको छ। महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

    पार्टीले २०७२ को संविधानलाई आत्मसाथ गर्दै समाधानमुखी र पब्लिक सर्भिस डेलिभरी केन्द्रित मुद्दाको जगमा अझ सशक्त रूपमा अघि बढ्ने साझाले जनाएको छ।सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी गरेको विवेकशील साझा पार्टीको अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्।

    अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेदार छन्।पाण्डेलाई तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको टोलीले कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो।पछिल्लो समय पाण्डे पुनः विवेकशील साझासँग जोडिँदै महाधिवेशन तयारीमा जुटेका छन्।


    बिहिवार, माघ २६ २०७९०३:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij