Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

माओवादीमा एक पद एक कार्यकारीको जिम्मेवारी

माओवादीमा एक पद एक कार्यकारीको जिम्मेवारी

  • बिहिवार, माघ २६ २०७९

  • 312
    SHARES

  • माओवादीमा एक पद एक कार्यकारीको जिम्मेवारी

    काठमाडौं। नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ। गत माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समिति बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

    केन्द्रदेखि वडातहसम्मै यहि निति लागू गर्ने पार्टीको निर्णय भएको छ। केन्द्रमा पनि विभिन्न विभागहरुमा जिम्मेवारी तोक्न बाँकी रहेकाले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने छ।

    यस्तै,प्रदेश समन्वय समितिको बैठक राखेर सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहितका सबैको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै जिम्मेवारी तोक्नुपर्ने पार्टीले पठाएको सर्कुलरमा पनि उल्लेख गरेको छ ।

    जसअनुसार प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म गरी सक्ने निर्णय छ भने प्रदेश नं. १ र बागमती प्रदेश माघ २७ गते, मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ३ गते बैठक गर्ने निर्णय गरेको छ ।


    बिहिवार, माघ २६ २०७९०२:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij