Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेको पासपोर्टबारे प्रमाण संकलन सुरु

रवि लामिछानेको पासपोर्टबारे प्रमाण संकलन सुरु

  • बिहिवार, माघ २६ २०७९

  • 519
    SHARES

  • रवि लामिछानेको पासपोर्टबारे प्रमाण संकलन सुरु

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढेको छ। युवराज सफलले प्रहरीले पासपोर्टको अनुसन्धान अघि नबढाएको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो।

    प्रहरी र सिडिओ कार्यालयमा परेको उजुरीका विवरणहरु पनि मगाएर अनुसन्धान अघि बढाइएको बताइएको छ। ती कागजात आइसकेपछि के –कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ।यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्नेदेखि मन्त्री र सांसद पद नै खारेज हुने फैसला गरिसकेको थियो।

    २०५० साल फागुन १० गते काठमाडौंबाट नागरिकता लिएका लामिछानेको ०७० फागुन ११ गते अमेरिकी नागरिकता लिएको पुष्टी भएको थियो। त्यसपछी ०७१ जेठ २१ मा नेपाल आएपनी अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा ०७३ जेठ १३ गते नेपाली राहदानी लिएको विषयमा अहिले लामिछानेमाथी फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ।


    बिहिवार, माघ २६ २०७९०१:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij