Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग ३ र प्रधानन्यायाधीशको ५ महिनामा टुंग्याउनुपर्ने प्रस्ताव

राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग ३ र प्रधानन्यायाधीशको ५ महिनामा टुंग्याउनुपर्ने प्रस्ताव

  • बुधवार, माघ २५ २०७९

  • 319
    SHARES

  • राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाअभियोग ३ र प्रधानन्यायाधीशको ५ महिनामा टुंग्याउनुपर्ने प्रस्ताव

    काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ ।

    समितिको बुधबार(आज)को बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो ।

    सचिवालयले समितिमा हिजो भएको छलफलको आधारमा खाका तयार पारेको हो । सचिवालयले बनाएको खाका समिति सदस्यहरूलाई वितरण गरिएको छ ।

    यो विषयमा भोलि बस्ने बैठकमा छलफल हुने नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

    प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरूलाई १५ दिनको समय दिइएको छ ।


    बुधवार, माघ २५ २०७९०४:५५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij