Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा माओवादी पार्टी परित्याग

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा माओवादी पार्टी परित्याग

  • बुधवार, माघ २५ २०७९

  • 559
    SHARES

  • राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा माओवादी पार्टी परित्याग

    काठमाडौं। राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्याग्नुभएको हो । अर्यालले आज एक विज्ञप्ति जारी गर्दै गर्दै आँफुले राजिनामा दिएको जानकारी गराउनुएको हो।

    उहाँले जारी गरेको विज्ञप्तिमा,'राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु'भन्ने उल्लेख गर्नुभएको छ ।

    अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा हुनुहुन्थ्यो । उहाँ गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।


    बुधवार, माघ २५ २०७९०३:२५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij