Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

  • बुधवार, माघ २५ २०७९

  • 403
    SHARES

  • विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

    काठमाडौं। विप्लव नेतृत्वको नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो। पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी विरोध गर्ने बताउनुभयो।

    उहाँले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताउनु भयो। उहाँले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको समेत जनाउनुभयो।

    उहाँले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताउनु भयो। उहाँले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने पनि बताउनु भयो ।

    प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने। जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ । ३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरु मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरु विभिन्न जेलहरुमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्व बन्दी कमरेडहरु मुक्त गर्नुपर्छ । साथै मुद्दाहरु खारेज गरिनुपर्छ ।’

    पार्टीले गरेको ३ बुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरु रिहा हुनुपर्ने माग गरेको पनि विश्वकर्माले बताउनुभयो ।


    बुधवार, माघ २५ २०७९०३:१२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij