Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गगन थापा भन्छन् : ‘राष्ट्रपतिमा एमाले भए संविधान दुर्घटनामा पर्छ, एमालेको उम्मेदवार हराउन लागौँ’

गगन थापा भन्छन् : ‘राष्ट्रपतिमा एमाले भए संविधान दुर्घटनामा पर्छ, एमालेको उम्मेदवार हराउन लागौँ’

  • बुधवार, माघ २५ २०७९

  • 411
    SHARES

  • गगन थापा भन्छन् : ‘राष्ट्रपतिमा एमाले भए संविधान दुर्घटनामा पर्छ, एमालेको उम्मेदवार हराउन लागौँ’

    काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि पनि एमालेकै उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्ने डर रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

    उहाँले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गर्दै भन्नुभयो, ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’ उहाँले बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने आरोप लगाउनुभयो ।

    यसले गर्दा पनि अबको राष्ट्रपतिमा काँग्रेसकै उमेद्वार विजयी हुनुपर्ने भन्दै अब आँफुले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन र आफ्ना उम्मेदवारलाई जिाउन लाग्ने बताउनु भयो । यसका लागी सबै पार्टीसँग भोट माग्ने र फकाउन लाग्ने उहाँको भनाइ छ ।


    बुधवार, माघ २५ २०७९०२:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij