Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

  • बुधवार, माघ २५ २०७९

  • 321
    SHARES

  • सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित

    काठमाडौं। सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको बैठक स्थगित भएको हो।

    मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उहाँकै आग्रहमा बैठक स्थगित भएको हो। प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थयो। अव उहाँले भोलि बस्ने बैठकमा विश्वासको मत लिने तयारी छ ।

    एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलिसम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ।

    त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमतका लागी२७ मत आवश्यक पर्छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा छ ।

    sudur_ixyA4Z0km2.jpg


    बुधवार, माघ २५ २०७९०१:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij