Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ

  • मंगलवार, माघ २४ २०७९

  • 321
    SHARES

  • राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा  शपथ

    काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिनुभएको हो । माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    यसअघि उपाध्यक्ष रहनु भएकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

    आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ ।


    मंगलवार, माघ २४ २०७९१२:३३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij