Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपा सरकारबाट बाहिरिएसँगै प्रचण्ड सरकार धरमरमा, समर्थननै फिर्ता लिए थप संकटमा (खासखबर)

रास्वपा सरकारबाट बाहिरिएसँगै प्रचण्ड सरकार धरमरमा, समर्थननै फिर्ता लिए थप संकटमा (खासखबर)

  • सोमवार, माघ २३ २०७९

  • 463
    SHARES

  • रास्वपा सरकारबाट बाहिरिएसँगै प्रचण्ड सरकार धरमरमा, समर्थननै फिर्ता लिए थप संकटमा (खासखबर)

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा हलचल शुरु भएको छ । तत्काललाई रास्वपाले विश्वासको मत फिर्ता नलिएपनि प्रधानमन्त्रीलाई भने पटकपटक झस्काउने तिर राजनीति मोडिएको छ । पूर्ववत सहमतिबाट पन्छिएको माओवादी केन्द्रले आफैलाई समस्यामा पारेको छ ।

    सरकारमा रहेको कुनै एक दलले मात्रै समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले पुनः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। संविधानको धारा १ सयमा सरकारमा सामेल कुनैपनि दलले विश्वासको मत फिर्ता लिएमा पुनः प्रधानमन्त्रीले संसदमा आफूलाई विश्वास रहेको जानकारी दिनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ रहेको छ।

    सरकारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान मन्त्रीहरुले आज बोलाएको पत्रकार सम्मेलनलाई स्थगित गरेका छन्। यद्यपि यसको कारण खुलाइएको छैन। आजै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो । पछिल्लो राजनीतिक अवस्था जटिलता तर्फ अगाडि बढिरहेकोले रास्वपासँग प्रचण्ड लचिलो बन्ने देखिएको छ ।

    सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिमा सहमति नजुटिरहेको बेला रास्वपाको बहिर्गमनले प्रधानमन्त्री प्रचण्डलाई जोखिममा पु¥याएको छ। एमालेले राष्ट्रपतिमा अडान लिइरहेका बेला माओवादी केन्द्र राष्ट्रिय सहमति खोजिरहेको छ । सरकार बनेको ४१ दिनमै अस्थिरता कायम हुने संकेतले जनतालाई भने निराश तुल्याएको छ ।

    एकातिर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय समिति बैठकमै प्रचण्ड नेतृत्वको सरकारको भविष्य आगामी चैतसम्म मात्रै हुन सक्ने उद्घोष गर्नुभएको थियो।सत्ता साझेदार दलहरुबीचको खटपटमा खेलेर कांग्रेस र एकीकृत समाजवादी माओवादीलाई एमालेबाट छुटाउँदै फरक समीकरण बनाउन चाहन्छन् । त्यसका लागि उनीहरुले आफ्नोतर्फबाट घनीभूत छलफल समेत गरिरहेका छन् ।

    यहीबेला प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुस १० गते सांसदहरूको हस्ताक्षर गर्दै सरकारमा गएको ४१ दिनपछि माघ २२ गतेबाट रास्वपा औपचारिक रूपमा सरकारबाट बाहिरिएको छ । पुस २६ गते प्रतिनिधि सभा संसदमा कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले झस्किन पुगेको छ । कांग्रेसले विश्वासको मत दिएपछि पछिल्लो समीकरण बनाउन भूमिका खेलेको एमालेले आफूलाई कमजोर महसुस गरेको छ । समग्रमा हेर्दा सरकारको आयू लामो नभएको संकेत गरिरहेको छ ।


    सोमवार, माघ २३ २०७९०८:२५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij