Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

उच्च अदालतद्वारा सांसद चौधरीलाई छाड्‍ने आदेश दिन अस्विकार

उच्च अदालतद्वारा सांसद चौधरीलाई छाड्‍ने आदेश दिन अस्विकार

  • सोमवार, माघ २३ २०७९

  • 432
    SHARES

  • उच्च अदालतद्वारा सांसद चौधरीलाई छाड्‍ने आदेश दिन अस्विकार

    काठमाडौं ।उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरिएको हो ।

    उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिनुभयो।

    नेगीका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ। उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफल पछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने ठहर गर्दै माघ २९ गते पेश तोकिएको छ।

    २९ गते छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ। १३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख बढी रूपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । सोही मुद्दामा चौधरीलाई केहि दिन अघि बाँकेबाट पक्राउ गरेर कैलाली कारागारमा थुनामा राखिएको छ ।


    सोमवार, माघ २३ २०७९०५:०१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij