Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपाका मन्त्रीको राजीनामा स्वीकृत, जिम्मेवारी प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीको राजीनामा स्वीकृत, जिम्मेवारी प्रधानमन्त्रीलाई

  • सोमवार, माघ २३ २०७९

  • 335
    SHARES

  • रास्वपाका मन्त्रीको राजीनामा स्वीकृत, जिम्मेवारी प्रधानमन्त्रीलाई

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    साथै राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिदिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

    President-office-release.jpg


    सोमवार, माघ २३ २०७९०४:२२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij