Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता जारी : यी हुन् छलफलका एजेण्डा

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता जारी : यी हुन् छलफलका एजेण्डा

  • सोमवार, माघ २३ २०७९

  • 630
    SHARES

  • ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता जारी : यी हुन् छलफलका एजेण्डा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शिर्ष तहको बैठक सुरु भएकोे छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि शिर्ष तहबाटै छलफल अगाडि बढाउनुभएको हो ।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केहिबेर अगाडीदेखि छलफल सुरु भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि यी शिर्ष ३ नेताबीच छलफल चलिरहेको सिंहदरवार स्रोतले जानकारि दिएको छ ।

    सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसप्रति सनतुष्ट छैन त्यसकारण आजको छलफलमा एमालेलाई मनाउने तयारी भइरहेको छ।

    प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आउनु भएको छ यसमा कांग्रेस पनि लचक छ भने एमालेले फेरी राष्ट्रपतिमा एमालेको उमेद्वारमा मात्रै राष्ट्रिय सहमती हुने बताउने गरेको छ ।


    सोमवार, माघ २३ २०७९०३:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij