Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै

प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै

  • सोमवार, माघ २३ २०७९

  • 249
    SHARES

  • प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै
    काठमाडौं । प्रदेश–१ को प्रदेशसभाको बैठक सोमबार(आज) बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।  
     
    गत पुस ३० देखि स्थगित बैठक आज बस्न लागिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
     
    प्रदेशसभा बैठकलाई प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिनुभयो ।  
     
    प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरूप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ ।


    सोमवार, माघ २३ २०७९०६:४०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij