Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रविले आफ्ना कमजोरी लुकाउन पत्रकारिताको बदनाम गरेको नेपाल प्रेस युनियनको आरोप

रविले आफ्ना कमजोरी लुकाउन पत्रकारिताको बदनाम गरेको नेपाल प्रेस युनियनको आरोप

  • आइतवार, माघ २२ २०७९

  • 294
    SHARES

  • रविले आफ्ना कमजोरी लुकाउन पत्रकारिताको बदनाम गरेको नेपाल प्रेस युनियनको आरोप

    काठमाडौं। नेपाल प्रेस युनियनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिएको अभिव्यक्ति आफ्नो कमजोरी लुकाउन देखाइएको आक्रोश रहेको बताएको छ। आज विभिन्न सञ्चारमाध्यम तथा पत्रकारलाई नामै किटेर लामिछानेले दिएको अभिव्यक्तिले पत्रकारिता क्षेत्रलाई नै बदनाम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा नेपाली पत्रकारिता क्षेत्रले पञ्चायत काल, २०४६, २०६२ सालको परिवर्तनमा ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका र सुशासन एवं भ्रष्टाचार विरोधी अभियानमा लाग्दै आएको स्मरण गराउँदै पत्रकारिता क्षेत्रको बदनाम गराएको प्रति आक्रोश व्यक्त गर्नुभएको हो।


    आइतवार, माघ २२ २०७९०८:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij