काठमाडौं।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा केही दलको टाउको दुखेको बताउनुभएको छ ।
आज कसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले आर्थिक सङ्कट टार्न मुलुकको समस्या समाधानका लागि एकताबद्ध हुन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिदाँ केही दललाई टाउको दुखेको बताउनु भएको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको उहाँको जिकिर छ। पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उहाँले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताउनुभयो ।
उहाँले मुलुकको मुहार बदल्न अब नेता र नेताहरुको सोच बद्लिन जरुरी रहेको धारणा राख्नुभयो । गुरुङले गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको अवस्थामा पहुँचबाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गर्नुभयो ।