Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रविको ढाकछोप र बचाउमा ओली : अदालतको फैसला त्रुटिपुर्ण थियो

रविको ढाकछोप र बचाउमा ओली : अदालतको फैसला त्रुटिपुर्ण थियो

  • आइतवार, माघ २२ २०७९

  • 356
    SHARES

  • रविको ढाकछोप र बचाउमा ओली : अदालतको फैसला त्रुटिपुर्ण  थियो

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउनुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै फैसलाले कसलाई न्याय भयो ? भन्ने नै बुझ्न नसकेको बताउनुभयो ।

    तरपनि सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने भन्दै ओलीले यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको बताउनु भयो।

    असम्बन्धित व्यक्तिले निवेदन दिएको दाबी गर्दै ओलीले उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको बताउनुभयो। उहाँले संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने बताउनुभयो।

    उहाँले अघि भन्नुभयो, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन। निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो।’

    सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै उहाँले भन्नुभयो, ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो। धेरै चिजमा धक्का भयो, न्याय भयो कि भएन? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’


    आइतवार, माघ २२ २०७९०३:३५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij