Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

संसदमा ओली बोल्दा रामहरिको नियमापत्ति : बार्दलीको कार्यक्रम संसदमा सुनाउन पाँईदैन

संसदमा ओली बोल्दा रामहरिको नियमापत्ति : बार्दलीको कार्यक्रम संसदमा सुनाउन पाँईदैन

  • आइतवार, माघ २२ २०७९

  • 284
    SHARES

  • संसदमा ओली बोल्दा रामहरिको नियमापत्ति : बार्दलीको कार्यक्रम संसदमा सुनाउन पाँईदैन

    काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउनुभएको छ ।

    ओलीले सम्बोधन गर्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकरी गराउँदै गर्दा खतिवडाले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो। यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’।

    तर त्यसको प्रतिवाद गर्दै ओलीले भने यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर सदन अवरुद्ध गरेको भन्दै ओलीले खतिवडामाथि नै ब्यंग्य गर्दै भन्नुभयो,‘उहाँहरुले यस्तो गरिरहनुहुन्छ।’


    आइतवार, माघ २२ २०७९०३:१२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij