Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षी भनेर स्वीकार्न नसकेर कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाउँदै छ: केपी शर्मा ओली

प्रतिपक्षी भनेर स्वीकार्न नसकेर कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाउँदै छ: केपी शर्मा ओली

  • आइतवार, माघ २२ २०७९

  • 281
    SHARES

  • प्रतिपक्षी भनेर स्वीकार्न नसकेर कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाउँदै छ: केपी शर्मा ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेर पानीबाहिरको माछाजस्तै छट्पटाएको टिप्पणी गर्नुभएको छ।

    प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर उहाँले भन्नुभयो,‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ। नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ। सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’

    ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताउनु भएको छ। अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताउनुभयो।उहाँले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताउनुभयो ।

    नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउँदै ओलीले राजनीतिक स्थायित्व गरेर जारी भएको संविधानपछि पनि सात वर्षभित्र सात जना प्रधानमन्त्री फेरिएको बताउनुभयो । उहाँले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताउनु भयो ।

     


    आइतवार, माघ २२ २०७९०२:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij