काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुग्नुभएको छ ।
चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहनुभएको थियो।१३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएकोले उम्मेदवार हुन नसक्ने फैसला गरेको थियो ।
रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छ। उहाँको निवेदन प्रक्रिया नै रद्द भएपछि म हुँ । मेरो दाबी हुनुपर्यो । जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर नबसोस् भनेर आयोगमा आफू गएको उहाँले बताउनुभयो ।